दफा ७५
समाह्वान, इतलायनामा इत्यादिको तामेलीमा बाधा पुर्याउन नहुने

(१) कानून बमोजिम जारी भएको समाह्वान, इतलायनामा, पक्राउ पूर्जी, सूचना वा आदेश तामेल गर्दा वा खानतलासी, बरामदवा नाप नक्सा वा सर्जमिन गर्दा वा वारेन्ट बमोजिम कसैलाई पक्राउ गर्दा कसैले पनि बाधा बिरोध गर्न वा गराउनहुँदैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई छ महिनासम्म कैद वा पाँच हजार रुपैयाँँसम्म जरिबाना वा दुवै सजायहुनेछ ।
(३) उपदफा (१) बमोजिमको कसूर राष्ट्रसेवकले गरेको भए निजलाई तीन महिनासम्म थप कैद सजाय हुनेछ ।